मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ - मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने  बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ ।