सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै

बिराटनगर - कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुँदैछ ।

कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिँदै गर्दा नयाँ सरकारको दाबी पेश गर्न लागेका हुन् ।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन् ।

तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ ।