उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दैछ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली लगत्तै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ ।

उम्मेदवारहरुले चुनाव चिन्ह पाएसँगै चुनाव प्रचार प्रसार पनि सुरू हुने छ ।

आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुने कार्यक्रम छ ।