प्रतिनिधि सभा बैठक बस्दै, कार्यव्यवस्था परामर्श समितिको सदस्य मनोनयन गर्ने कार्यसूची 

 काठमाण्डौँ - प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।  नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ । 

आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक,२०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ । त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्ने कार्यसूची समेत तय भएको छ । 

आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल कमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन २०७८ श्रावण–२०७९ आषाढ’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।