वोरिङको पानी पिउँदा ५ बालबालिकाको मृत्यु !

 काठमाण्डौँ - पाकिस्तानको सिन्ध प्रान्तस्थित संघर जिल्लामा बेरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको मृत्यु भएको छ । 

हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको पाकिस्तान टुडेले जनाएको छ । 

विषाक्त पानी सेवनपछि तुरुन्तै उनीहरूलाई अस्पताल लगिएको अधिकारीले जनाएका छन् ।  उनीहरूमा ज्वरो, बान्तालगायत असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए । उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो ।  

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँ पठाइएको थियो ।  जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्प बन्द गरिएको छ ।