१० वर्ष जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले जेलमा मजदुरी गर्नुपर्ने

एजेन्सी । हालै १० वर्षको जेल सजाय पाएका पाकिस्तानका  पूर्व प्रधानमन्त्री इमरान खानले अहिले खानलाई रावलपिन्डीको अलियाला जेलमा राखिएको छ ।

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार खान र पूर्व विदेशमन्त्री शाह महमूद करैशी हाई प्रोफाइल कैदी भए पनि मजदुरी गर्नु पर्नेछ । द एक्सप्रेस ट्रिब्यूनमा छापिएको खबरका अनुसार ७१ वर्षका खान र ६७ वर्षका कुरैशीलाई छुट्टाछुट्टै कक्षमा राखिएको छ ।

खान पाकिस्तान तहरीक–ए–इंसाफका संस्थापक अध्यक्ष हुन् भने कुरैशी सो पार्टीका उपाध्यक्ष हुन् । खबरका अनुसार दुवैले दोषी ठहर हुनु अघि जेलमा पाइरहेका सुविधा भोगिरहेका छन् ।

खानमाथि अन्य मुद्दा पनि चलिरहेकोले अहिले नै उनले बन्दीले लगाउनु पर्ने पोसाक भने लगाउनु पर्दैन । हाई प्रोफाइल कैदी भएकोले खानलाई सामान्य कैदीका बिचमा राखिनेछैन । दुवै बन्दीले जेल श्रम गर्नु पर्नेछ ।

खान र कुरैशीलाई दोषी ठहर हुनु अघि नै पक्राउ गरेर जेलमा हालिएकोले यो समय पनि सजायमा गनिनेछ । गैर–इस्लामिक विवाह गरेको मामिलामा हालै खान र उनकी कान्छी पत्नीलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो । तोशाखाना मामिलामा दुबैलाई १४ वर्षको सजाय भएको छ । सिफर मामिलामा भने खान र कुरैशीलाई १० वर्षको सजाय सुनाइएको छ ।