विश्वभर तीव्ररूपमा कोरोना संक्रमण फैलिँदै,सबै देश सचेत हुनुपर्ने डब्ल्यूएचओको दावी 

काठमाण्डौँ - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ । गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो । 

डब्ल्युएचओले पृथ्वीको उत्तरी गोलार्धका देशहरूमा चिसोको समयमा संक्रमणको गति अधिक मात्रामा वृद्धि हुने अनुमान गरेको छ । प्रवक्ता क्रिस्टियन लिन्डमायरले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा हाल विश्वभर कोभिड–१९ का ८ लाख संक्रमित रहेको तथ्यांक स्वास्थ्य संस्थाहरुमा रहे पनि धेरैजसोले कोभिड परीक्षण नगराएकाले यो संख्या लाखौँका हुनसक्ने बताएका छन् । 

अहिले फैलिरहेको कोभिडको नयाँ भेरियन्ट जेएन–वान हो । यसको संक्रमणको गति तीव्र छ । यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरुप हो। यसविरुद्ध अहिलेसम्म  हालसम्म साढे १३ हजार डोज खोप लगाइएको छ ।