राति सुत्‍नुभन्दा अगाडि के गर्ने, के नगर्ने ?

शरीरलाई आराम दिन र तन्दुरुस्त राख्नका लागि निद्रा धेरै महत्वपूर्ण छ। राति मिठो निद्रा लाग्यो भने बिहान उठेपछि मुड फ्रेस हुन्छ, एक किसिमको आनन्दको अनुभूति हुन्छ। तर निद्रा नलाग्नाले शरीरमा विभिन्न समस्याहरू उत्पन्न हुन्छ।

उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा लाग्दैन । यति मात्रै होइन, मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन । त्यसैले आज हामी चर्चा गर्नेछौँ । मिठो निन्द्रा पाउनका लागि राति सुत्नअघि गर्नुपर्ने कार्यहरूबारेः

चिसो पानीले नुहाउनुहोस्

राती सुत्नुअघि नुहाएमा दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान पनि ठीक रहन्छ। यसो गर्नाले शरीर शितल र फूर्ति हुन्छ। यसले गर्दा मिठो निन्द्रा लाग्छ।

मोबाइल नचलाउने

ओछ्यानमा पल्टिएसँगै मोबाइलमा फेसबुक खोल्ने, च्याटिङ गर्नेलगायतका बानी छन् भने त्याग्नुहोस्। सुत्नुअघि जे–सुकै गरेपनि बिस्तारामा पल्टिएसँगै मोबाइल साइलेन्समा राखेर सुत्नुहोस्। मोबाइल नचलाउनुहोस्।

कफी नपिउने

राति सुत्नअघि कफी, कडा चिया वा कोकाकोला जस्ता पदार्थहरू बेलुका पिउन हुँदैन । यसो गर्नाले निन्द्रा लाग्दैन । त्यसैले मिठो निन्द्रा पाउनका लागि चिया वा कफी नपिउनुहोस् ।

तनावबाट मुक्त हुनुस्

यदी राति सुत्नअघि तनाव लिएमा मिठो निन्द्रा नपर्न सक्छ । त्यसैले ओछ्यानमा पल्टिएपछि दिमागमा घुमिरहेका सारा तनाव त्याग्नुपर्छ। जसले गर्दा निन्द्रा लाग्नमा मदत गर्दछ ।

हल्का खाना खाने

राति सुत्नअघि डिनरमा तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना खानुहोस्। जसले मिठो निद्रा लगाउन मद्दत पुर्याउँछ। हेवी खाना खाएमा मिठो निन्द्रा लाग्दैन र शरीर बोदो हुन्छ।

मनतातो पानी पिउने

सुत्नु अघि एक गिलास मन तातो पानी पिउनु ठीक हुन्छ। यसो गर्नाले घाँटी सफा हुने र मिठो निन्द्रा लाग्ने गर्दछ। यदी तपाई निन्द्रा पाउन चाहनुहुन्छ भने पानी पिउनुहोस्।