आज कालीमाटीमा तरकारीको मूल्यसूची कति छ ? 

काठमाण्डौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार काउली स्थानीयको अधिकतम थोक मूल्य २५, आलु रातोको ३६ र हरियो प्याजको १०० रुपैयाँ तोकिएको छ । 

यस्तै गोलभेँडा ठुलो नेपालीको ६०, गोलभेडा सानो लोकलको १६, प्याज सुकेको भारतीयको ९५, प्याज सुकेको चाइनिजको ६५, तरुलको ६० रुपैयाँ कायम भएको छ ।