आजबाट २५ हजार टन चिनीको खरिद प्रक्रिया सुरु

काठमाडौँ - सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ । 

चिनी बजारमा विक्रीसँगै चिनी अभाव नहुने वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताउनुभयो । भारतले नेपालमाथि चिनी निर्यातसम्बन्धी प्रतिबन्ध लगाएसँगै बजारमा चिनी अभाव भएको थियो । भारतले नेपालाई २५ हजार टन चिनी उपलब्ध गराउने जनाएपछि सरकारले खरिद गर्ने भएको हो । 

वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार  जिटूजी प्रक्रियाबमोजिम भारतले नेपाललाई दिने चिनी तिहार अगावै बजारमा पठाइनेछ । उहाँका अनुसार चिनी ल्याउनका लागि आइतबारबाट नै प्रक्रिया थालिनेछ ।