अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

 काठमाडौँ - अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वरमा रहेको ‘आकाश झरे’ बोलको गीत सार्वजनिक भएको हो ।

बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । बिबी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हाँस न’ बोलको गीत बिहिबार सार्वजनिक गरिसकेका छन् ।

अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ ।