काठमाण्डौँमा भित्रिँदैछन्-तीन हजार खसी, बोका र च्याङ्ग्रा, कति पर्छ एउटाको मुल्य ? 

काठमाण्डौँ -  दसैँका लागि तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी भईरहेको छ । गएका बर्षजस्तै यो वर्ष पनि बजार मूल्यभन्दा केही कममा  उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रा उपलब्ध गराउन लागीएको  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला सुवेदीले बताईन् । 

उनका अनुसार बजारमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य सन्तुलन राख्न कम्पनीले खरिद गरेर बिक्री वितरण गर्नेगरेको छ । सूचना अधिकारी न्यौपानेका अनुसार खसी, बोका दुई हजार र च्याङ्ग्रा एक हजार गरी तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरिएको हो । 

खसी, बोका दुई हजार र च्याङ्ग्रा एक हजार गरी तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरिएको हो । 
बजारमा मागको आवश्यकताअनुसार केही थपघट हुन सक्ने उनले बताईन् । गतवर्ष कम्पनीले एक हजार ४६३ खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो । कम्पनीले खसी–बोका प्रतिकेजी ६८० जिउँदो र च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपियाँमा बेच्नेछ । 

खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ करोड ३६ लाख बजेट छुट्याएको छ । कम्पनीका सूचना अधिकारी सुवेदीका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय बमोजिम यो बजेट विनियोजन गरिएको हो ।