एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदै

बुटवल - नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरू हुने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष, उपाध्यक्ष, दुई उपसचिव र सदस्यहरुका लागि मतदान हुन लागेको हो ।

गत भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य प्यूठानका हरिप्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।