बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

मकवानपुर - नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेको तस्वीर सार्वजनिक गर्दै राजीनामा दिएको जानकारी गराएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यको रुपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि प्रमुख सचेतकबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।