आजको मौसम : बागमतीसहित पाँचवटा प्रदेशमा हुनेछ भारीदेखि अति भारी वर्षा

काठमाडौँ - हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत हुने विभागको भनाइ छ ।

राति पनि देशभर साधारण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 
कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने विभागको चेतावनी छ ।