प्युठानमा दुई जनामा देखियो हैजा

काठमाडौँ । प्युठानमा दुईजनामा संक्रमण देखिएको छ । यो सँगै देशैभर हैजा संक्रमितको संख्या  २७ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

हालसम्म ललितपुरमा सबैभन्दा धेरै १६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा एक र कैलालीमा आठजनामा हैजा पुष्टि भएको छ ।

यो अवधिमा १६ पुरुष र ११ महिलामा हैजा पुष्टि भएको ईडीसीडीले जानकारी गराएको छ ।