प्राधिकरणका दुई सञ्चालकलाई हटाएकोप्रति माओवादी केन्द्रको आपत्ति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरिएकोबारे आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । सरकारले आइतबार सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको स्पष्टीकरण चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो ।

‘नेपाल विद्युत प्राधिकरणका कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई सरकारले नियम उल्लंघन गरेर बर्खास्ती गरेको छ,’ सापकोटाले भने, ‘म यो घटनाको खण्डन गर्न चाहन्छु । भत्र्सना गर्न चाहन्छु । सरकार देशमा अटोक्रेसि चलाउन खोजेको कुराको आशंका व्यक्त गर्न चाहन्छु ।’