यस वर्ष ६ सय झोलुङ्गे पुल निर्माण हुने

काठमाडौं - यस वर्ष देशभर झण्डै ६ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ। एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो।