चलचित्र निर्देशक सुदर्शन थापा रिहा

काठमाडौँ । चलचित्र निर्देशक सुदर्शन थापा हिरासतबाट रिहा भएका छन् ।

नेपाली कथानक चलचित्र  ‘प्रसाद २’ को आर्थिक लेनदेन मुद्दामा पक्राउ परेका थापा लाई बुधबार काठमाडौँ जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

निर्देशक थापा सोमबार दिउँसो आफ्नो फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्न लागेको बेला सेटबाटै पक्राउ परेका थिए ।