१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेकोआरोपमा एक जना पक्राउ

काठमाडौँ । १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई  प्रहरीले पक्राउ गरेको हो ।

परियारले ती बालिकालाई बिहीबार ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।