कालो ओठलाई सुन्दर बनाउने घरेलु उपाय

 काठमाडौँ - विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । मानिसहरु आफ्नो ओठमा प्राकृतिक रंग फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ ।

अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धुम्रपानको असर ओठमा पर्छ । त्यस्तै, डिहाइड्रेशनले पनि समस्या पार्छ । त्यसैले,कागतीलाई निचोरेर ओछ्यानमा जानुअगाडि ओठमा लगाउनुपर्छ । एकदेखि दुई महिनासम्म यो नियमित गर्नुपर्छ । त्यसका साथै एक चिम्टी चिनी वा अलिकती मह ओठमा छर्किनुहोस् र कागतीको टुक्रा ओठमा दल्नुहोस् ।

यसले तपाईंको ओठको पुराना काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ ।
 कालो ओठलाई गुलाबी बनाउन चुकन्दर पनि सहयोगी हुन्छ । यसमा भएको स्वाभाविक सेतो तत्वले तपाईंको ओठ चम्किलो बनाउछ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ ।

ओठमा भएका पुराना कोषिका जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले बिस्तारै घोट्नु राम्रो हुन्छ । तर, यसो गर्दा ओठमा घाउ हुने गरी घोट्नुहुँदैन । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नया आउदा तपाईंको ओठको सुन्दरता बढ्दछ ।
जैतुनको केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ ।ओठमा ध्युकुमारीको प्रयोग गर्दा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यस्तै, दुध र बेसार मिसाएर लगाउँदा पनि राम्रो हुन्छ