१३ वर्षकी बालिका बलात्कारको आरोपमा विद्यालयका कर्मचारी ५८ वर्षिय  न्यौपाने पक्राउ

काठमाडौँ । १३ वर्षिय बालिका बलात्कारको आरोमा विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेलाई प्रहरीले पक्राउ गरेको  छ ।

पूर्वी नवलपरासीको नवलपुर देवचुलीमा रहेको जनज्योति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई भएको खुलेको जिल्ला प्रहरी कार्यालय डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए।

बालिका बलात्कारको जाहेरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो। बलिकामा सुनाइसम्बन्धी अपाङ्गता भएको कारण उनी कान सुन्दिनन्।

जिल्ला प्रहरी कार्यालयमा बालिकाका बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी पौडेलले  बताए ।