अव्यावहारिक कर लगाएको भन्दै देशभरका फिल्म हल बन्द

काठमाडौँ । सरकारले अव्यवहारिक कर लगाएको भन्दै आज देशभरका फिल्म हल बन्द भएका छन् ।

उक्त व्यवस्था खारेजीको माग गर्दै देशभरका हल बन्द गरिएको हो । नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करहरूको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय केही दिन अघि नै गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्दै आज देशभरका फिल्म हल बन्द गरिएका हुन् ।