१५ वर्षीया किशोरीको बलात्कार आरोपमा दुईजना पक्राउ 

काठमाडौँ । १५ वर्षीया किशोरीको बलात्कार आरोपमा दाङमा दुईजना पक्राउ परेका छन् ।

शनिबार राति तुलसीपुर–११, गैरागाउँस्थित नर्सरीमा लगेर ती किशोरीको बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर नगरपालिका–१२, हरिपौराका २१ वर्षीय अशोक चौधरीसहित दुईजनालाई पक्राउ गरेको हो ।

बलात्कारको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।