कोशी सरकारबाट एमाले बाहिरियो, मन्त्री रानाद्धारा राजीनामा

काठमाण्डौँ - कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो ।

आफनो पार्टीको बिरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो ।

शनिबार बिहान एमालेबाट कार्की मन्त्रीपरिषदमा मन्त्री रहेका एमाले संसदीय दलका उपनेता राम रानाले राजीनामा दिएसँगै एमाले सरकारबाट औपचारिक रुपमा बाहिरन पुगेको हो ।