एमालेमा गुटबन्दी स्वीकार्य छैन् : प्रधनानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।  एमाले अध्यक्ष समेत रहेका ओलीले केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“पार्टीमा गुटबन्दी स्वीकार्य छैन,” उनले भने, “प्रजातन्त्रका नाममा जब गुटबन्दी सुरु गरिन्छ अनि पार्टी उभोँ लाग्दैन । संसारमा कुनै पनि पार्टी गुटबन्दीले उभो लाग्या छैन । कतिपयले प्रजातन्त्र भन्दै उचाल्न सक्छन् ।”