बैंकिङ्ग प्रणालीमा तरलता बढ्दो, राष्ट्र बैंकले व्यवस्थापन गर्न आजै ५० अर्ब खिच्दै 

काठमाडौँ - बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढ्न थालेपछि राष्ट्र बैंकले व्यवस्थापन गर्न लागेको छ । राष्ट्र बैंकले आजै बजारबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ तान्न लागेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले २१ दिनका लागि उक्त निक्षेप उपकरण प्रयोग गर्न लागेको हो । बोलकबोल मार्फत नै ब्याजदर निर्धारण हुनेछ । सावा तथा ब्याज भुक्तानी आगामी साउन ९ गते गते हुने छ । बोल गर्न सकिने रकम भने घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आव्हान रकमसम्म रहेको छ ।