नेदरल्याण्डसँग खेल्नुअघि पूजापाठमा व्यस्त नेपाली टोली

काठमाडौँ । आइसिसि टि २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ।

नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नुअघिटेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दैछ। खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट शुरु हुनेछ।