दैलेखमा भूकम्पको धक्का

 दैलेख - दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिएका छन् ।