पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् भारत ?


काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँदै छन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत जान लागेका हुन् । उनको सामान्य भेटघाट मात्र रहेको स्रोतले बताएको छ । 

पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उनी  पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा गएका थिए ।