सर्वोत्तम सिमेन्टले पहिलो वर्ष नै प्रस्ताव गर्‍यो लाभांश, वैशाख १२ गते साधारण सभा

काठमाडौँ - सर्वोत्तम सिमेन्ट लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको पहिलो वर्ष नै लाभांश वितरण गर्न लागेको हो । सर्वसाधारणमा कम्पनीले गत फागुन २५ गते आईपीओ बाँडफाँट गरेको थियो ।

चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९र८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । 

प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले वैशाख १२ गते रुपन्देहीमा बिहान १० बजे सभा बोलाएको छ । सभाले लाभांश प्रस्तावसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।