एसीको पाइप पड्किएर त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट भएको छ । बिहीबार विष्फोट भएलगत्तै मानिसहरुको भीडभाड भएको छ ।

अस्पतालको परिसरभित्र कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी) को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिएका छन् ।

घटनाबारे विस्तृत जानकारी र सूचना संकलन भइरहेको प्रहरीले जनाएको छ ।