प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या, थप अनुसन्धान हुँदै 

काठमाडौँ - दाङमा एकजना प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । 
रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आज बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् । हत्यापछि उहाँले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका थिए । 

श्रीमतीले तनाव दिएपछि हत्या गरेको उहाँले बयानका क्रममा बताएका थिए ।  उनी गत मंसिर १६ गते सरुवा भएर दाङ पुगेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।