चिलीमा डढेलो : ४६ जनाको मृत्यु, एक हजार बढी घरहरु जलेर नष्ट

एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

विनाशकारी डढेलोले जलेर एक हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका छन्  भने तटीय पर्यटक सहर भिना डेल मारका मेयरले आफ्नो क्षेत्रका दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको जानकारी दिएका छन् ।

सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण डढेलो फैलिएको बताइएको छ । मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रको आकाश भुावा र खरानीले ढाकिएको छ ।

पर्यटकीय शहर भिना डेल मार वरपरका सबै प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरू पुग्ने प्रयास गरिरहेका गरिरहेका छन् ।