आजको शेयर बजार : नेप्से  ५.३१ अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ ।

आज ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ ।