इराकमा अमेरिकी हमलामा कम्तीमा १६ को मृत्यु, २५ बढी घाइते

 काठमाण्डौँ - इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ ।

सरकारी प्रवक्ताले नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना घाइते भएको बताए । गत आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार रातिदेखि सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको थियो ।