प्रतिपक्षी दलले राष्ट्रिय सभाको उपाध्यक्ष उम्मेदवारको टुंगो भोलि लगाउने 

 काठमाण्डौँ - प्रतिपक्षी दलहरूले  राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारको टुंगो भोलि बिहानसम्म लगाउने भएको छ । शनिबार बिहान संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बोलाएको कांग्रेसले आज प्रारम्भीक छलफल गरेर भोलि बिहान उम्मेदवार टुंगो लगाउने कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

‘संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठक सकियो । मुलतः राष्ट्रिय सभा उपाध्यक्षका विषयमा सल्लाह भयो, भोलि बिहान निर्णयमा पुग्छौ’, उनले भने । उनले भोलि बिहानसम्म टुंगो लाग्ने बताए । ‘आज एक सरो छलफल र विश्लेशण भएको छ । भोलि बिहानसम्ममा निर्णयमा पुगिन्छ र भोलि नै टुंगिन्छ’, उनले भने ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन् ।