सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा  

काठमाडौँ । सूर्योदय वोमी लघुवित्तले  सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को वितरण योग्य मुनाफाबाट १४.०७७ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। त्यसैले यस लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ। कम्पनीले गत वर्ष भने १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।