कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन,तीन मन्त्रीले पाए जिम्मेवारी !

विराटनगर - कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्यजिम्मेवारी तोकेका हुन् ।

कांग्रेसका शम्सेर राईले आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीले पर्यटन वन तथा वातावरण र नेकपा ९एकीकृत समाजवादी०का कमलप्रसाद जबेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २८ गते एमालेका ३९ र कांग्रेसका आठ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले गठबन्धनका तीनजनालाई कात्तिक १६ गते मन्त्री नियुक्त गरेका थिए । राई नेपाली कांग्रेस शेखर कोइराला समूहका प्रदेश सांसद हुन् भने उप्रेती नेकपा माओवादीबाट मन्त्री भएका हुन् । त्यस्तै जबेगु नेकपा एकीकृत समाजवादीका सांसद हुन् । जबेगु र उप्रेती कात्तिक १७ गते मन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले गठबन्धन च्यापेपछि एमालेले सरकार छाडेको थियो । लामो समयसम्म मन्त्रालय बाँडफाँट गर्न नसकेका मुख्यमन्त्री कार्कीले झन्डै २ महिनापछि मन्त्रीको कार्यविभाजन गरेका हुन् ।