नागढुंगा - नौबिसे सडकखण्ड आज र भोलि राति बन्द हुने

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुंगा नौबिसे सडकखण्‍ड बुधबार र बिहीबार राति बन्द हुने भएको छ ।

नौबिसे खोला पुलको काम गर्नुपर्ने भन्दै राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रूपमा रोकिने जनाएको छ ।

दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गका रूपमा धार्के सीतापाइला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।