भारतमा भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

असार १९, काठमाण्डौँ । भारतको उत्तर प्रदेशको हाथरसमा एक सत्संगको क्रममा मच्चिएको भागदौडमा मंगलबार मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।

स्थानीय प्रहरी निरीक्षक सालभ माथुरका अनुसार हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रमका क्रममा भागदौड हुँदा उक्त हताहत भएको हो । 

मृत्यु हुनेमा पुरुष, महिलासँगै बालबालिका पनि छन् । के कारणले भागदौड भएको हो अझै प्रष्ट पारिएको छैन । बीबीसी