जापानको इशिकावामा ५ . ९ म्याग्निच्युडको भूकम्प  

एजेन्सी । जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ।

सोमबार बिहान स्थानीय साढे ६ बजेतिर पहिलो भूकम्प महशुस भएको थियो। पहिलो भूकम्प ५.९ म्याग्निच्यूड र दोस्रो ४.८ म्याग्निच्युडको मापन भएको हो।

प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महशुस भएको थियो। सञ्चारमाध्यम एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन।

भूकम्पलगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवा केहीबेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केहीबेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको सञ्चार माध्यमले जनाएका छन्।

इशिकावामै गत जनवरीमा भूकम्प जाँदा ४८ जनाको मृत्यु भएको थियो।