नेपालमा थप ९१ जनामा कोरोना संक्रमण,आईसियु र भेन्टिलेटरमा कति ?


काठमाडौँँ - देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २ हजार ५ सय ३२ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ३ सय ३६ जनाको पीसीआर र २ हजार १ सय ९६ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बुधबार ५९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल २ सय २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।