ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ - ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पसँगै ताइवान र दक्षिणी जापानी टापुहरूमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।