झिनो अंकले घट्यो शेयर बजार, कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा सीमित भएको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३५५.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीका ६४ लाख ८१ हजार ८४३ कित्ता सेयर २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज लघुवित्त समूहमा सबैभन्दा धेरै अर्थात १.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा समूह ०.५० र म्युचुअल फण्ड समूह ०.३८ प्रतिशतले बढे ।  

बैंकिङ समूह ०.३५ प्रतिशतले घटेको आज विकास बैंक ०.६३, वित्त ०.६३,होछल ०.१८,हाईड्रो ०.३९,लगानी ०.१८,निर्जीवन बीमा ०.०२,अन्य ०.२७ र व्यापार समूह ०.७४ प्रतिशतले घट्यो ।