जनवरीमा श्रीलंकामा डेंगीका बिरामीको सङ्ख्या १० हजार नाघ्यो  

एजेन्सी । श्रीलंकामा जनवरी महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला परेका छन्। साथै डेंगी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ ।

एनडिसियुले शुक्रबारसम्म १० हजार ६३५ जनामा सङ्क्रमण भएको उल्लेख गरेको छ र तीमध्ये १० हजार ४१७ जनवरी महिनामा मात्र भएको बताएको छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ३ हजार ४८९ जनामा सङ्क्रमण फेला परेको छ भने त्यसपछि उत्तरी प्रान्तमा २ हजार ७३४ जनामा सङ्क्रमण भएको पाइएको छ।

गत वर्ष ८८ हजारमा डेंगी सङ्क्रमण भएको थियो र तीमध्ये ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो। यसैबीच स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको छ।