images

नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : डा.गोविन्द केसी

काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् ।

आज संघको निर्वाचन अन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेशागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताएका हुन्।

संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उनको भनाइ छ। डा. केसीले संघमा निर्वाचन हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा राखे। चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उनको भनाइ छ ।

शुक्रबार​ २० माघ २०७९ ०६:३९ PM मा प्रकाशित

प्रतिक्रिया