कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन पुसमा काठमाडौंमा हुने

 हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशको पहिलो सम्मेलनमा पुस ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

बैठकले सम्मेलन तयारीका लागि विभिन्न समिति पनि गठन गरेको छ । बैठकले प्रदेश सभापति इन्द्रबहादुुर बानियाँको संयोजकत्वमा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै, राजनीतिक प्रस्ताव तयारीका लागि उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा उपसमिति बनाइएको छ ।

यस्तै, बैठकले आर्थिक व्यवस्थापन उपसमितिको संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमितिको संयोजक महामन्त्री कन्चनचन्द्र वादे तथा सहसंयोजक सहमहामन्त्री ऋषिराम घिमिरे रहेका छन् । आगामी वर्षको कार्यक्रम ९क्यालेन्डर० तयारी उपसमितिको संयोजक महामन्त्री राजु श्रेष्ठ तथा सहसंयोजक सहमहामन्त्री जीवन डंगोल रहेका छन् ।