एमाले कोशी प्रदेशको अधिवेशनमा  ९७७ मत खस्यो, दिउँसो १ बजेदेखि मतगणना हुने

विराटनगर - नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि  भएको निर्वाचनमा ९७७ मत खसेको छ । गएराती भएको मतदानको मत गणना आज दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ । अधिवेसनमा ९९७ जना मतदाता थिए ।
अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेद्वार खतिवडा भएको एमाले वृत्तमा चर्चा छ ।

विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानू परेको हो ।

अध्यक्षमा भिडेका मोरङका दुई नेतामध्ये विनोद ढकाल सुरुदेखि नै केपी शर्मा ओली गुटका नेता भनेर स्थापित व्यक्ति हुन् । अध्यक्षका अर्का उम्मेद्वार घनश्याम खतिवडा चाहिँ लामो समय माधवकुमार नेपाल समूहमा रहेर आठौं महाधिवेशनपछि ओली समूहमा पुगेका नेता हुन् ।