बागमती प्रदेश सभा बैठक बस्दै

हेटौंडा - बागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।

हिजो आइतबार २ पटक बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो । 

उक्त बिधेयक माथि सैद्धान्तिक छलफल सुरू गरिएको छ । प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो बिधेयकमाथि सोमवार पनि छलफल जारी रहने छ ।